आज थप ९३६ जनामा कोरोना संक्रमण, १४ को मृत्यु

जनकपुरधाम । पछिल्लो २४ घण्टामा नेपालमा ९३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ हजार ९९६ जना निको भएका हुन् ।

थपिएका संक्रमितसँगै नेपालमा मंगलवारसम्म कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ । जसमध्ये २ लाख ३८ हजार ५६९ निको भएका छन् ।

हाल नेपालमा ९ हजार ८८१ जना सक्रिय संक्रमित छन् । यसैगरी पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७३० पुगेको मन्त्रालयको तथ्यांकमा छ ।

यसअघि सोमवार ८२१ जना कोरोना संक्रमित थपिएका थिए । सोही दिन ८४२ जना कोरोनामुक्त भएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस