संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधान र प्रणालीमाथि नाङ्गो आक्रमण हो : निधि

जनकपुरधाम, ३० मंसिर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अभिनायकवादी काम रहेको बताएका छन् । उनले ट्वीट गर्दै सो अध्यादेश स्वीकार्य नहुने बताएका हुन् ।

संविधान र प्रणालीमाथि नाङ्गो आक्रमण रहेको उनले आरोप समेत लगाएको छ । ‘आज अचानक आएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम हो ।’ उनले लेखेका छन् ।

मंगलबारै सरकाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको हो । नेकपाको आन्तरिक किचलो र प्रमुख प्रतिपक्ष दलका नेताको अनुपस्थितिले परिषद्को बैठक अवरुद्ध हुँदै आएको बेला अध्यादेश ल्याइएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेेेेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान बोलाएको परिषद्को बैठक सभामुख अग्नि सापकोटाले बहिस्कार गरेका थिए ।

त्यसपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएर संवैधानिक परिषद् बैठकको गणपूरकसम्बन्धी व्यवस्था नै फेरबदल गर्न अध्यादेश ल्याएका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस