विश्वभर कोरोनाबाट एकै दिन साढे १२ हजारको मृत्यु

जनकपुरधाम । विश्वभर एकै दिन कोरोना भाइरस संक्रमणका कारण १२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

वल्र्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर १२ हजार ६३५ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्याका १६ लाख ४१ हजार ४४० पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ५ लाख ८७ हजार १३७ जना संक्रमित थपिएका छन । योसँगै विश्वभर संक्रमितको संख्या ७ करोड ३८ लाख ३ हजार ३२० पुगेको छ । जसमध्ये हालसम्म ५ करोड १८ लाख १३ हजार ९५७ जना निको भएका छन् ।

विश्वभर हाल २ करोड ३ लाख ४७ हजार ९२३ सक्रिय संक्रमित छन् । जसमध्ये १ लाख १७ हजार ८७७ गम्भीर रहेको वल्र्डोमिटर्सको तथ्यांक छ ।

Author:



क्याटोगरी छान्‍नुहोस