नौ महिनापछि खोलियो पशुपतिनाथको मन्दिर

 

राजविराज, १ पुस । कोरोना भाइरस (कोभिड १९)को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै करिब ९ महिनादेखि बन्द रहेको काठमण्डौ स्थित आराध्यदेव पशुपतिनाथको मन्दिर आज (बुधबार)देखि खोलिएको छ ।

गत चैत्र ११ गतेदेखि सरकारले पशुपतिनाथको मन्दिर बन्द गरेको थियो । कोरोना भाइरसको जोखिम न्यूनिकरण हुँदै गएपछि सर्वसाधारणकालागि औपचारिक रुपमा मन्दिर खोलिएको छ । मन्दिर खोलिए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर मात्र मन्दिर प्रवेश गर्न पाईने छ ।

मन्दिर खुला गरिएको पहिलो दिनमै दर्शनार्थी एवम् भक्तजनको चाप बढ्दै गएको छ । मन्दिरमा प्रवेश गर्न दुई मिटरको दूरी र मास्क अनिवार्य गरिएको छ । विश्वभरिका हिन्दू धर्मावलम्वीहरुकालागि पशुपतिनाथ आस्था केन्द्रको रुपमा रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस