साफ च्याम्पियनसिप फुटबलको आगामी संस्करण बंगलादेशमा हुने

जनकपुरधाम । साफ च्याम्पियनसिप फुटबलको आगामी संस्करण बंगलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासंघको सोमवार सम्पन्न कार्यसमितीको भर्चुअल बैठकले सन् २०२१ मा साफ च्याम्पियनसिपको मिति तोकेको छ ।

कोरोना महामारीले यस वर्ष स्थगित गरिएको प्रतियोगिता अर्को वर्ष कार्तिक २८ देखि मंसिर ११ गतेसम्म गर्न लागिएको हो । बैठकले अर्को वर्ष हुने एसियन कप छनोटका साथै युथ प्रतियोगिताहरुको मिति पनि तय गरेको छ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता दक्षिण एशीयाका ७ देशहरुबीचको सर्वोच्च प्रतियोगिता हो ।

यसको सर्वाधिक सफल टोली भारतले ७ पटक उपाधि जितेको छ । यसैगरी साविक विजेता माल्दिभ्सले दुई पटक तथा बंगलादेश, अफ्गानिस्तान र श्रीलंकाले एक एक पटक उपाधि जितेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस