जनकपुरधाम, १४ पौष । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव नेपाल समूहको नेकपाले आज देशभर शक्ति प्रदर्शन गर्दैछ । प्रचण्ड–नेपाल समूहले संसद पुनस्र्थापनाको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
केन्द्रीय कमिटीको बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आन्दोलनको कमाण्डर तोक्दै पहिलो चरणको आन्दोलनका कार्यक्रम तय गरेको थियो ।