जसपाद्वारा थप देशव्यापी जनआन्दोलनको घोषणा, केन्द्रीय नेताहरु कहाँ–कहाँ पुग्ने ?

राजविराज, १३ पौष । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा विघटनको विरोधमा थप जनआन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

पार्टीले सोमवार विज्ञप्ति जारी गर्दै संघर्ष र बलिदानद्वारा प्राप्त उपलब्धीहरुको रक्षा गर्न, सरकारले चालेको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमलाई खारेज गराउन देशव्यापी रुपमा सशक्त जनसंघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

पौष २५ गतेदेखि एक सातासम्म केन्द्रीय नेताहरुले सहभागी भएर देशका प्रमुख शहरमा सशक्त जनआन्दोलन एवं जनसघर्षलाई अगाडी बढाउने जनाइएको छ ।

आन्दोलनका कार्यक्रमअनुसार पौष २५ गते विराटनगर, धनगढी र भैरहवामा, पौष २७ गते विरगन्ज, नेपालगन्ज र जनकपुरमा, पौष २९ गते पोखरा, सुर्खेत र बिर्तामोडमा तथा माघ ३ गते धरान, मलंगवा, सिरहा, कलैया र तौलिहवामा सडकमा उत्रने भएको छ ।

त्यसैगरी माघ ७ गते सवै जिल्लाका सदरमुकामसहित प्रमुख सबै सहरमा जनप्रदर्शन तथा विरोध सभा गरिने छ भने पौष २१ गतेमा नागरिक समाज, वौद्धिक वर्ग लगायतसँग प्रतिनिधिसभाको विघटनको सन्दर्भमा बृहत् अन्तक्रिया गर्ने तालिका रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस