पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै काेराेना संक्रमितको मृत्यु

जनकपुरधाम। विश्वमा पछिल्लो २४ घण्टामा काेराेना भाइरल संक्रमणबाट सबैभन्दा धेरै १५ हजार ७ सय ११ जनाकाे मृत्यु भएको छ । वल्डाेमिटर्सकाे बुधबार अद्यावधिक तथ्यांकअनुसार याेसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख ७० हजार पुगेको छ ।

सोही अवधिमा ६ लाख ६६ हजार ६३६ संक्रमित थपिएका छन् । याेसँगै अहिलेसम्म कुल ९ करोड २० लाख ५ हजार २८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये हाल २ करोड ४२ लाख १७ हजार २४४ जना सक्रिय संक्रमित छन् भने ६ करोड ५८ लाख १८ हजार १८ जना काेराेनामुक्त छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस