लोक सेवा आयोगद्वारा चार सयभन्दा बढी नासु पदका लागि आवेदन खुलाइयो (सूचना हेर्नुहोस्)

जनकपुरधाम । लोक सेवा आयोगले न्याय र प्रशासनतर्फ चार सयभन्दा बढी नायब सुब्बा पदका लागि आवेदन खुलाएको छ ।

वार्षिक कार्यतालिकाअनुसार बुधवार गोरखापत्रमा सूचना निकालेर लोक सेवाले खुला तथा समावेशी प्रतियोगितामार्फत् आवेदन खुला गरेको हो ।

लोक सेवाले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सोसरहका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि योग्यता पुगेकाहरूबाट दरखास्त मागेको हो ।

दरखास्त आयोगको वेवसाइट https://psc.gov.np/ बाट भर्न सकिने आयोगले जानकारी दिएको छ । दरखास्त माघ २० गतेसम्म भरिसक्नु पर्नेछ ।

2077-09-29_Bulletin_26

 

Author:



क्याटोगरी छान्‍नुहोस