दश किलो गाँजासहित महोत्तरीका साह दम्पती पक्राउ

जनकपुरधाम, २९ पुस । महोत्तरीका एक दम्पतीलाई १० किलो प्रतिबन्धित लागुऔषध गाँजासहित पक्राउ गरिएको छ । उनीहरुलाई सर्लाही प्रहरीले सर्लाहीकै ईश्वरपुर नगरपालिका–१३ रेलवे फाँटस्थित सडकबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोहत्तरीको गौशाला नगरपालिका–३ का ५० वर्षीय नवलकिशोर साह र उनकी पत्नी ४० वर्षीया उर्मीलादेवी साहलाई १० किलो प्रतिबन्धित लागुऔषध गाँजासहित पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

प्रहरी चौकी गौरीशंकरबाट खटिएको टोलीले ज ११ प ७९७१ नम्बरको मोटरसाइकलमा सवार भएर फूलजोरबाट मोहत्तरीतर्फ जाने क्रममा दुवै जनालाई पक्राउ गरिएको जनाएको छ । दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कुँवरले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस