मालपोतमा लेखापढी व्यवसायीको दादागिरी, कार्यालयमै कर्मचारी कुटे (भिडिओ)

राजविराज, ९ माघ । भुमिसुधार तथा मालपोत कार्यालय राजविराजका एक कर्मचारीमाथि शुक्रवार कुटपिट भएको छ । सहायक कम्प्युटर अपरेटर पदमा कार्यरत मनोजकुमार साहमाथि कुटपिट भएपछि दिउँसो १२ बजेपछि कार्यालयको कामकाज ठप्प भएको छ ।

लेखापढी व्यवसायी गौरीशंकर यादवले आफुमाथि कुटपिट गरेको साहले मधेशलाइभलाई बताए । ‘कामको अत्यधिक चाप रहेको बेला आएका लेखापढी व्यवसायी यादवले काम चाँडो गर्नदिन भनेको र काम गर्न ढिलाई भएपछि कक्षमै दुव्र्यवहार गर्दै हातपात गरे’ उनले भने–‘त्यसपछि आफु हाकिमकै कक्षमा जान लाग्दा पनि गालीगलौच गर्दै कुटपिटसम्म गरे।’

न्याय गुहार्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा निवेदन पनि दिएको जानकारी गराउँदै उनले त्यस्ता प्रकारका कार्यले राष्ट्रसेवक कर्मचारीहरुको मनोमल कमजार भइरहेकाले लेखापढी व्यवसायी यादवलाई कानूनी दायरामा ल्याई कारवाही हुनुपर्ने माग गरे ।

उता, जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर प्रसाद साहले निवेदनको आधारमा कुटपिटमा संलग्न भनिएको व्यक्तिलाई नियन्त्रणमा लिएको बताए । ‘निवेदनअनुसार कुटपिटमा संलग्न रहेको एक जनालाई नियन्त्रण लिई आवश्यक अनुसन्धान भइरहेको छ, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस