साहित्यकार सभाद्वारा नेपाल–भारतका साहित्यकारलाई मानार्थ सदस्यता

जनकपुरधाम, ११ माघ । मैथिली साहित्यकार सभा जनकपुरधाम धनुषाले नेपाल–भारतका सात जना साहित्यकारलाई संस्थागत मानार्थ सदस्यता दिने निर्णय गरेको छ ।

साहित्यकार सभाको बैठकले दुई देश बीचका मैथिली लेखक एवम् अन्तर सम्वन्धलाई थप सबल बनाउँदै मैथिली भाषा, साहित्य, र साहित्यकारसभालाई सहयोग पुग्ने अपेक्षाकासाथ साहित्यकारहरुलाई संस्थागत मानार्थ सदस्यता दिने निर्णय गरेको हो । यसरी मानार्थ सदस्य पाउनेहरुमा भारत विहारका प्रसिद्ध लेखक, साहित्यकार एवम् अभियानी डा. धनाकर ठाकुर, डा. शेफालिका बर्मा, डा. जयनारायण यादव, डा.रामानन्द झा रमण, डा. महेन्द्रनारायण राम, सदरे गौहर र सर्वश्री चन्द्रेश रहेका छन् ।

लेखक एवम् साहित्यकारहरुलाई सदस्यता संस्थागत सदस्यता ग्रहण गर्न महासभाका सभापाल प्रेम विदेह र कार्यपाल अरविन्द कुमार यादवले प्रेस विज्ञप्ति मार्फत अपील गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस