मधेशका मसिहा उर्फ गज्जु बाबु

राजविराज । मधेशका मसिहाका नामले चिनिएका स्व. गजेन्द्रनरायण सिंह उर्फ गज्जु बाबुको योगदान मधेश र मधेशीलाई चिनाउन उतिकै विश्व सामु परिचित छ, जति कि सुर्यले आफनो प्रकाशका माध्यमले पृथ्वीमा रहेका हरेक सजिव प्राणी र प्राकृतिलाई शक्ति प्रदान गरि जीव जिउने अधार प्रदान गर्दछ ।

आज उहाँको १९ औ पुण्य तिथीको अवसरमा म हार्दिक श्रद्वाञ्जली अर्पण गर्दै केही शब्दहरु लिपिवद्व गर्दै प्रकाशित गर्दै छु । सन १९२९ मा सप्तरी जिल्लको तिलाठी कोइलाडीमा पिता केसी सिंह र माता राधादेवी सिंहको कोख्बाट जन्मेका सिंह कुनै राजनीतिक चिन्तकको उपाधी पाएर मधेश र मधेशी समुदायको पहिचान र अधिकारको लागि वकालत गरेका थिएन न त उहाँ कुनै विश्व विद्ययालायको प्रौफेसरको उपाधी हासिल गरेर वकालत गरेका थिए ।

उहाँले त केवल पलस २ अर्थात आई.ए. कक्षा मात्रै पास गरेका थिए । उहाँको जिवनयापन पनि समान्य नै थियो । उहाँले सन १९९१ मा आफने गृह जिल्ला सप्तरीमा सप्तरी सेवा आश्रमको स्थापना गरे । त्यसैगरी सन २००१ मा गरिब असाहय तथा विपन्नहरुलाई सहयो गर्ने उद्देश्यले गजेन्द्रनरायण पब्लिक वेलफेयर ट्रष्टको स्थापना गरे ।

जिवन र मृत्यु कहाँ कसेको अधिनमा हुन्छ र अखिरकार सन २००२ जनवरी २३ मा उहाँले यो संसार बाट सदाको लागि विदा भए । आफैले स्थापना गरेको आश्रममा सिंहको पार्थिव शरिर २ दिन सम्म अन्तीम श्रद्वाञ्जलीको लागि राखियो र जनवरी २५ मा उहाँको जन्म स्थानमा नै हिन्दु धार्मिक परम्परा अनुसार अन्त्यष्टी गरियो ।

उहाँको बसाई भारतको विहार राज्यको दरभंगा सहरमा पनि काम विशेषले हुन्थ्यो । सायद त्यही भएर होला भारतीय राजनीतिको प्रभावले गर्दा आफुले पनि केही गर्नु पर्छ भने जागृत सोचले होला की अनुमान गर्न सकिन्छ । सन् १९४७ मा नेपाली राजनीतिको स्वाद पाउने प्रयास नेपाली कांग्रेस पार्टी बाटै शुरुवात गरे ।

त्यती बेला नेपाली कांग्रेस पार्टीका अध्यक्ष विपि कोइराला थिए भने श्री ५ बडामहाराजधिराजको पद/उपाधिमा राजा महेन्द्र थिए । झण्डै ३३ वर्ष नेपाली कांग्रेस पार्टीलाई सेवा गरे पछि सन १९८० मा उहाँले नेपाल सदभावना परिषदको स्थापना गरे त्यो कुनै व्यक्तगत स्वार्थको लागि त पक्कै गरेन केवल मधेश र मधेशी समुदायको लागि नै गरे । तर पछि उक्त परिषद्लाई नेपाल सद्भावना पार्टीको नाममा स्थापित गरे ।

उहाँले नेपाली काँग्रेसमा हुँदा पनि मधेश र मधेशीहक हित र अधिकारको लागि पार्टीभित्रै लडने काम गर्थै । जसको लागि मधेश र मधेशीको पहिचान बोकेका पहिरन धोती र कुर्ता लगाएर पारलियामेन्ट जान्थे जब कि पारलियामेन्टको पहिरन दाउरा सुरवाल नै थियो । त्यती मात्रै नभई उहाँले पारलियामेन्टमा पनि कहिले नेपाली भाषा बोल्नु भएन, केवल हिन्दी र मैथिली भाषामा बोल्नुहुन्थ्यो । उहाँको पहिरन र भाषामा आपत्ती नजनाएको पनि होइन तर उहाँको पछाडिको जमातले गर्दा सबै डराउथै र राजनीतिको एक आर्मी गजेन्द्रनरायण सिंह हो भनेर समेत भन्थे ।

उहाँलाई पटक–पटक मन्त्री पदको निम्तो आयो तर उक्त पद लिन मानेन् सायद त्यहीँ भएर नै अहिले उहाँ पुजणीय हुनुभएको छ र सधै भरिका लागि रहिरहन्छ । उक्त पहिरणले गर्दा नै अहिले काठमाण्डौमा नेकपा केपी शर्मा औली पक्षले केहि हप्ता अघि धोती जुलुस प्रर्दशन गरेका थिए । चाहे त्यसको पछाडि नेकपाको स्वार्थ नै किन न होस् तर मधेशीहरुको पहिरणलाई त लगाउन नजानेर होला वा अन्य कुनै कारणले एक दिनको लागि त पनि लगाए र अपनाए । त्यो गज्जु बाबुको जित र सफलता हो कि जस्तो लाग्छ मलाई ।

उहाँको एक मात्रै उद्देश्य भन्नु पर्दा सायद विश्व सामु मधेश र मधेशी समुदायलाई चिनाउने मात्रै नभई उनीहरुको हक र अधिकार दिलाउनु नै थियो की? मलाई याद छ म विद्यालयमा पढिरहदाँ हाम्रो विद्यालय नजिक एक अस्पतालको उद्घाटन गर्न आउनु भएको बेला उहाँले बोलेका कुराहरु पनि निस्वार्थ रुपमा मधेश र मधेशीहरुको हक र अधिकारको लागि नै थियो र भन्नु भएको थियो बाबु तिमीहरुको काँधमा ठुल्लो जिम्मेवारी छ त्यो पुरा गर्नु पर्छ हैं । त्यती बेला त ती कुराहरु बालुवाको महल बनाएर उडाए तर अहिले उक्त भनाईहरु सावित हुँदैछ र उहाँले भन्ने कुरा म कहिले भुल्न सकिदिन्नँ ।

वर्तमान परिवेशमा उहाँलाई बुझने हो भन्ने उहाँ पूर्वीय राजनैतिक चिन्तकहरु मनु, कौटिल्य, गान्धी, प्लेटो र आरस्तु लगायतको आ–आफनै स्थान, महत्व र विशेषता भए पनि स्व. गजेन्द्रनरायाण सिंह पनि मधेश र मधेशी समुदायको लागि कुनै कम छैन भनेर बुझनु पर्छ ।

सिंहको उपदेशबाट राजनीति र राजनीतिक दल सिंहको उपदेश र विचारबाट नै मधेश र मधेशीलाई लक्षित गरी थुप्पै राजनीतिक दलहरु खुले र खोलिए तर केका लागि र किन? यो प्रश्न आफैंमा ती व्यक्ति र शक्तिलाई चोट र घातक बनाउने छन् जसले यसको अडमा व्यक्तिगत सम्पत्ती आर्जन गर्नु बाहेक केहि गरेन । न त उहाँको उपदेश माने न त कुनै सिद्धान्त र नीति नै अपनाए । हो, त्यही गजेन्द्रनरायण सिंह उर्फ गज्जु बाबुको मार्ग र सिद्धान्तमा आधारित भएर मौसमी चिया पसल झैं पार्टी खोले र हराएर जान थाले ।

बाँकी रहेकाहरु पनि अहिले आएर सबै एक ढिका हुन त पुगे तर पनि अहिलेसम्म यसको न त कुनै आफ्नो आधार छ न त कुनै सिद्वान्त नै । पार्टीका शीर्ष स्थानमा पुगेका नेताहरुले केहीले जातीयता हावी गराएर त केहीले परिवारवाद र वंशवादलाई बढावा दिएको सजिलैसँगग आकलन गर्न सकिन्छ । विना कुनै सिद्धान्त र आधारको भरमा खोलिएका ती पसलहरुको दुर्दसा के होला ? कमसे कम दिर्धकालिन सोच, नीति, योजना र प्राप्तिको लक्ष्य त निर्धारण गर्नु परथियो । अतः न भए त आँउदै गरेको अगामी केही वर्षहरुमा नै यो पनि हराएर जाने लगभग निश्चि छ ।

विगत केही महिनादेखि स्व. सिंहको पुरानो तस्वीरहरु भाइरल भएको सामाजिक सञ्जालका भित्ताहरुमा सजिलैसँग देखिन थालेका छन । यसको अर्थ आफुले सिंका नभाचने र इतिहास बेचेर खाने परम्पराको उपज हो की जस्तो लाग्न थालेका छन ।

इतिहासको आडमा अब कहिले पनि वर्तमान परिवेश्को आकलन नगर्नु होला जनताले सबै राम्रोसँग नियाल्दै छ । अन्त्यमा पुनः आज उहाँको १९ औ पुण्य तिथीको अवसरमा स्व. गजेन्द्रनरायण सिंह प्रति हार्दिक श्रद्धाञ्जली ।

Author:



क्याटोगरी छान्‍नुहोस