चिसोका कारण कत्तै विद्यालय बन्द, कत्तै कोशी स्नान गर्न सार्वजनिक विदा !

जनकपुर, १४ माघ । बढ्दो चिसोले जनजीवन प्रभावित हुन थालेपछि सिरहाको सिरहा नगरपालिकाका सवै विद्यालयहरु बन्द गरिएको छ । चिसोले अध्यन–अध्यापनमा समस्या हुन थालेको भन्दै नगरपालिकाले वर्षे विदा कटौती गरी तीन दिनकालागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । तर, सप्तरीका एक स्थानीय तहले भने कोशी स्नान गर्न सार्वजनिक विदा दिएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिकाले बुधवार सूचना निकाल्दै प्रमुखस्तरीय निर्णयअनुसार सार्वजनिक विदा दिएको हो ।

सूचनामा भनिएको छ, ‘पुष शुक्ल पूर्णिमा (पुषि पुर्णिमा)को दिन भव्य मेला आयोजना हुने भएको र सोही दिन हिन्दुहरु कोशी स्नान गर्ने भएकोले २०७७/१०/१४ गतेको प्रमुख स्तरीय निर्णयानुसार २०७७/१०/१५ गते १ दिन नगरकार्यपालिकाको मातहतको सवै वडा कार्यालयहरु, विद्यालयहरु र विषयगत शाखाहरु (स्वास्थ्य चौकी र अस्पताल बोहक) विदा रहने व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि अनुरोध छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस