जनकपुर । भारतको विहारमा भारतीय जनता पार्टीका प्रदेश प्रवक्ता अजफर शमशीमाथि बुधवार गोली प्रहार भएको छ । अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका शमशीलाई थप उपचारको लागि पटना पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार मुंगेरस्थित जमालपुर कलेज जाने क्रममा कलेजको गेटमै उनीमाथि गोली प्रहार भएको हो । गोली लागेपछि उनलाई मुंगेरस्थित सदर अस्पतालमा उपचार पश्चात थप उपचारको लागि पटना पठाइएको छ ।
घटनामा संलग्न रहेको आशंकामा सोही कलेजका प्रिन्सिपल ललन सिंहलाई पक्राउ गरि अनुसन्धान भइरहेको मंगेरका एसपी मानवजीत सिंहको भनाई छ । यद्यपी, हालसम्म घटनाको कारण खुल्न नसकेको छैन् ।
पार्टीका नेताद्वारा दुःख व्यक्त
भारतीय जनता पार्टीका प्रदेश अध्यक्ष संजय जैसवाल र प्रभारी एवं राष्ट्रि महामन्त्री भूपेन्द्र यादवले घटनाप्रति दुःख व्यक्त गर्दै भत्र्सना गरेका छन् । दोषीलाई हदैसम्मको कारवाही हुनुपर्ने उनीहरुले सरकारसँग माग समेत गरेका हुन् ।
तस्बिरः लाइभसिटिजबाट