तिलाठी कोइलाडीमा गजेन्द्रनारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिता

राजविराज, १४ माघ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको बुधबार सम्पन्न दुई खेलमा साबिकको विजेता वडा नम्वर ४ कोइलाडी र वडा नम्वर ३ सकरपुराले विजयी सुरुवात गरेको छ ।

प्रतियोगिताको पहिलो खेलमा वडा नम्वर ४ कोइलाडीले वडा नम्वर ८ तोपालाई ८ विकेटले र वडा नम्वर ३ सकरपुराले ले वडा नम्वर १ तिलाठीलाई चार विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । पहिलो खेलमा टस जितेर ब्याटिङ्ग गर्दै गरेको तोपाले निर्धारित १४ ओभरमा ६ विकेट गुमाई ६५ रन बनाएको थियो । खराब मौसमका कारण १४ ओभर खेलाईएको खेलमा तोपाकालागि रमेश यादवले सर्वाधिक १२ तथा राज रतन झा र रोहित मण्डलले समान ११/११ रन बनाएका थिए ।

कोइलाडीकालागिजुगनु मण्डलले किफायतिबलिंगगर्दै ३ ओभरमा १० खर्चिदै ३ विकेट लिएभने रोहित सिंह र नरेश मण्डलले समान १/१ विकेट लिए । जवाफी ब्याटिङ्गमा आएको कोइलाडीले ११ ओभर ५ बलमा २ विकेट गुमाई विजयी हालिस गर्न सफल भयो । कोइलाडी टिमका खेलाडिहरु रोहित सिंहले नटआउट रही २४ रन र मो. गुड्डुले नटआउट १२ रनको योगदानदिएभने रोबिन सिंहले १५ रन बनाए ।
तोपाकालागि रमेश यादव र रविन मण्डलले १÷१ विकेट लिए । उक्त खेलमा कोइलाडीका जुगनु मण्डललाई तिलाठी कोइलाडी गाउँपालिकाका कार्यक्रम अधिकृत तथा प्रतियोगिता संयोजक राजेश कुमार झाले म्यान अफ द म्याचको ट्रफी प्रदान गरे ।

यसैगरी दोस्रो खेलमा टस जितेर ब्याटिङ्ग गरेको तिलाठीले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १५१ रन बनाए । तिलाठीकालागि ओपनर विष्णु मण्डलले एक छक्का र आठ चौकाको मद्तले ५८ बलमा ६६ रन बनाएभने अर्का ओपनर लक्ष्मी रायले एक छक्का र सातचौकाको मद्तले ४६ बलमा ४६ रन बनाए । यसैगरी राजकुमार यादव नटआउट रही १३ रनको योगदान गरे ।

सकरपुराकोलागि राजु सिंहले २ तथा साकेत सिंहले एक विकेट लिए । जवाफमा सकरपुरा टिम अन्तिमबलमा छक्का प्रहार गर्दै विजयी हासिल गर्न सफल भयो । सकरपुराकालागि अमित मण्डलले विष्फोटक बल्लेबाजी गर्दै तीन छक्का र एक चौकाको मदतले ३५ बलमा नट आउट रही ६८ रन बनाए ।

यसैगरी साकेत सिंहले २६, सुरज मण्डल र रिपुल सिंहले समान १२÷१२ रनको योगदान गरे । तिलाठीको लागि सागर झाले एक मात्रविकेट हातपारे । उक्त खेलमाम्यानअफ द म्याचभएका सकरपुराकाअमित मण्डललाई सप्तरी क्रिकेट संघका उपाध्यक्ष धर्मेन्द्र चौधरीले पुरस्कार प्रदान गरे ।

प्रतियोगिता अन्तर्गत १६ गते वडा नम्वर २ लौनियाँ वडा नम्वर ६ को. मधेपुरा बीच पहिलो खेल तथा दोस्रो खेल वडा नम्वर ५ को. बर्साइन र वडा नम्वर ७ मन्सापुर बीच हुने प्रतियोगिता संयोजक झाले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस