आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत डेढ लाख घुससहित रङ्गेहात पक्राउ

जनकपुरधाम, २७ फागुन । आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत डेढ लाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले कर अधिकृत रमेश ढकाललाई एक जना बिचौलियासँगै घुस रकमसहित पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता नारायण प्रसाद रिजालका अनुसार कर अधिकृत ढकाल र बिचौलिया आर.एन. मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोपाइटर नविन कुमार कर्णलाई सेवाग्राहीबाट सो घुस रकम लिन लगाएको थियो ।

सूचनाको आधारमा खटिएको टोलीले सोही रकम लिँदै गर्दा दुवै जनालाई बुधवार साँझ स्थानीय अन्नपूर्ण होटेलबाट पक्राउ गरिएको प्रवक्ता रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनमा दुवै जनाले घुस मागेका थिए । पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस