सप्तरीमा २४ घण्टा नवित्दै सडक दुर्घटनामा दुई युवकले ज्यान गुमाए !

राजविराज, २७ फागुन । सप्तरीको रुपनी गाउँपालिका–६ बिरेन्द्र बजारस्थित ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुधवार साँझ दुर्घटना भएको हो ।

दुर्घटनामा सोही ठाउँका प्रदिप कुमार सरदारको मृत्यु भएको छ । पूर्वतर्फ गइरहेको स ८ प ६५५२ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको स १ त ७५३७ नम्बरको ट्रकले ठक्कर दिएपछि दुर्घटना भएको स्थानीयहरुले बताएका छन् ।

उता, ईलाका प्रहरी कार्यालय रुपनीले शव पोष्टमार्टमको लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पठाएर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यसअघि गत पनि अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ जण्डौलमा पिकअपको ठक्करबाट सोही गाउँपालिका–१ सिमराका २८ को दिपक चौधरीको मृत्यु भएको थियो ।


यो पनिः

सप्तरीमा पिकअपले ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु

सप्तरीमा जन्ती बोकेको विगंर दुर्घटना हुँदा एक दर्जनबढी घाइते (घाइतेको नामसहित)

Author:



क्याटोगरी छान्‍नुहोस