मधेशमा यसरी मनाइँदैछ महाशिवरात्रि [फोटो फिचर]

राजविराज, २७ फागुन । सप्तरीलगायत तराई मधेशका जिल्लामा पनि फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजाआरधना गरी मनाइँदैछ । राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरमा पूजा गर्न बिहानैदेखि भक्तजनहरुको घुइँचो छ ।

भिड नियन्त्रण गर्न प्रहरीको सहयोग लिइएको छ । महिला र पुरुष दर्शनार्थीलाई छुट्टाछुट्टै लाइन लगाएर दर्शनको व्यवस्था मिलाइएको छ । यसैगरी शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिर, कञ्चनरुप नगरपालिका स्थित शिवपार्वती मन्दिर, पातोको डाकनेश्वरी मन्दिर, वभनगामाकट्टिको महादेव मन्दिर, हनुमाननगरको शिव मन्दिर तथा फत्तेपुर स्थित शिवालयहरुमा पनि भक्तहरुको घुइँचो छ ।

जनकपुर र आसपासका शिवालयहरुमा पनि दर्शनार्थीहरुको भिड लागेको छ । शिवचोकस्थित शिव मन्दिर, गंगासागरस्थित भुतनाथ, कपिलेश्वरनाथ महादेव, कुपेश्वरनाथ महादेव, क्षीरेश्वरनाथ महादेव, सतोषर स्थित महादेव मन्दिर, सीमावर्ती क्षेत्रको कल्याणेश्वरनाथ महादेव, महोत्तरीको जलेश्वर स्थित जलेश्वरनाथ महादेव मन्दिरहरुमा भक्तजनहरुको भिड छ ।

तस्बिरः सौरभ यादव/मधेशलाइभ

Author:



क्याटोगरी छान्‍नुहोस