मुख्यमन्त्री राउतद्वारा महाशिवरात्री पर्वको शुभकामना

जनकपुरधाम, २७ फागुन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महाशिवरात्री पर्वको अवसरमा हिन्दु धर्मावलम्बी तथा प्रदेशवासीमा सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपषिद्को कार्यालयले विहिवार शुभकामना संदेश जारी गर्दै उनले शुभकामना व्यक्त गरेका हुन् ।

‘हिन्दु धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्रीको अवसरमा सम्पूर्ण हिन्दु धर्मावलम्बी एवं प्रदेशवासीहरुमा सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतीको कामना गर्दछु । यस महापर्वले असत्यसँग लडन सम्पूर्ण प्रदेशवासीहरुमा भगवान शिवले शक्ति प्रदान गरुन भनि कामना गर्दछु’, शुभकामना संदेशमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस