टिपरको ठक्करबाट दुई जनाले ज्यान गुमाए

विराटनगर । झापाको दमक नगरपालिका–४ चिया बगानमा भएको सवारी दुर्घटनामा परेर २ जनाले ज्यान गुमाएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क १०८२ नम्बरको टिपरले शनिवार साँझ दुई वटा मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।

विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४४ प ८१३३ र को २८ प ११३६ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा ८१३३ नम्वरको मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुवै मोटरसाकलमा गरी ५ जना घाईते भएका थिए । घाईतेहरुमध्ये ८१३३ नम्बरको मोटरसाईकल चालक रतुवामाई नगरपालिका–८ का २३ बर्षीय निरन बस्नेत र पछाडी सवार रतुवामाई नगरपालिका–८ का २४ बर्षीय अनिष कोईरालाको उपचारको क्रममा मृत्यु भएको १ नम्वर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाईकललाई ठक्कर दिने टिपर, चालक तथा दुवै मोटरसाईकल नियन्त्रणमा राखेर थप अनुसन्धान भईरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस