नेपालमा फेरी कोरोनाको त्रासः जुलुस, जमघट र भीडभाड नगर्न आग्रह

जनकपुरधाम, ८ चैत । केही सातादेखि छिमेकी देशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै केही सातादेखि छिमेकी देशमा बढ्दो कोरोना संक्रमण देखिएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पनि संक्रमण बढ्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन अनुरोध गरेका छन् । उनले सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड जस्ता भीडभाड गर्ने व्यवसाय र कार्य नगर्न आग्रह गरेका हुन् ।

संक्रमणबाट जोगिन भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग गर्न उनले सबैमा अनुरोध गरेका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस