राजविराज–हनुमाननगर सडकमा दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर

राजविराज, ८ चैत । सप्तरीमा राजविराजबाट हनुमाननगरतर्फ गइरहेको मोटरसाइकल गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् । अनटेष्ट मोटरसाइकल अनियन्त्रित भएर राजविराज–१५ खाँडो पुलमा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक तिलाठी कोइलाडी गाउँपालिका–४ का १५ वर्षीय विवेक कुमार मण्डलको मृृत्यु भएको छ । दुर्घटना घाइते भएका मण्डलको गजेन्द्रनारयण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

दुर्घटना परेर गम्भीर घाइते भएका मोटरसाइकलको पछाडी सवारी हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वाका १५ वर्षीय कौशल मण्डललाई उपचारको लागि विराटनगरतर्फ पठाइएको छ । उनको टाउको र छातीमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस