प्रदेश २ मा ४९ जना कोरोना संक्रमित थपिए

जनकपुरधाम, ३ वैशाख । प्रदेश २ मा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा.कमलेश प्रसाद मण्डलका अनुसार पछिल्लो २४ घण्टामा ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराज र नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणबाट उनीहरु संक्रमण पुष्टि भएको डा.मण्डलले बताए । पर्सामा ३१, धनुषामा १०, महोत्तरीमा १, रौतहटमा २, बारामा ३ र अन्यमा २ जनामा संक्रमित फेला परेका हुन् ।

योसँगै प्रदेशमा ३ हजार ९७ महिला र १४ हजार ३९८ पुरुष गरी १७ हजार ४९५ पुगेको छ । जसमध्ये १६ हजार ९९८ निको भएका छन् भने संक्रमणबाट अहिलेसम्म २१३ जनाको मृत्यु भइसकेको जनाएको छ । हाल प्रदेशमा २७७ जना सक्रिय संक्रमित छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस