स्वास्थ्य मापदण्ड अपनाएर रामनवमी पर्व मनाउन मुख्यमन्त्रीको आग्रह

जनकपुरधाम, ७ वैशाख । प्रदेश २ सरकारले हिन्दू धर्मावलम्बीका भगवान अवतार पुरुषोत्तम श्रीरामको पूजाआजा गरेर मनाइने रामनवमीको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले मंगलवार प्रेस विज्ञप्ती जारी गर्दै मर्यादा पुरूषोत्तम भगवान श्रीरामको जन्मोत्सवका अवसरमा भोलि (बुधबार) सार्वजनिक बिदा दिएको जनाइएको छ ।

विज्ञप्तिमा मुख्यमन्त्री राउतले प्रदेशबासीलाई रामनवमीको शुभकामनासहित कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्य मापदण्डको पालना गर्दै सरकारी निर्देशन अनुसार पर्व मनाउन अपिल गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस