सिरहाका मृतक गुरुसरणमा कोरोना पुष्टि

लहान, ७ बैशाख । सिरहाको गोलबजार नगरपालिका–६ का मृतक ३३ वर्षीय गुरुसरण सदामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

तीन/चार दिनदेखि वान्ता आउने, उच्च ज्वरो र पेट दुख्ने जस्ता समस्याले पीडित बनेका सामाजिक अभियानता सदाको सोमवार मृत्यु भएको थियो ।

स्वास लिन गाह्रो हुन थालेपछि उनलाई गोलबजारस्थित भूमिजा हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारकोलागि धरानतर्फ लैजाने क्रममा उनको मृत्यु भएको हो ।

उनको कोरोना जस्तै लक्षण देखिएर मृत्यु भएपछि मृतकको सेम्पल कलेक्शन गरेर परीक्षणको लागि सिरहा अस्पताल पठाइएको थियो ।

मंगलबार आएको उनको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले मधेशलाइभलाई जानकारी दिए । ‘मृतकको सेम्पल कलेक्सन गरेर सिरहा अस्पताल पठाइएकोमा उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ’ उनले भने–‘अहिले हामी कन्ट्याक्ट ट्रेसिङ्गको कार्यमा लागेका छौं ।’

यो पनिः 

सामाजिक अभियानता गुरुसरणको मृत्यु, कोरोनाको आशंका

Author:



क्याटोगरी छान्‍नुहोस