प्रदेश २ : कोरोना बाट ५३ वर्षीय पुरुषको मृत्यु

वीरगन्ज । वीरगन्जमा शनिबार थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाइका ५३ वर्षीय पुरुषको वीरगन्जकै गण्डक अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो।

निमोनियाबाट ग्रसीत ती पुरुषको स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि गण्डक अस्पतालमा बैशाख ६ गते भर्ना भएका थिए। त्यही दिन उनको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालमा पीसीआर जाँच गर्दा उनको रिपोर्ट पोजिटिभ आएको थियो ।

बैशाख ६ गते संक्रमण पुष्टि भएका उनको गण्डक अस्पतालमै उपचारका क्रममा शनिबार बिहान १ बजे तिर मृत्यु भएको स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरिक्षक जयमोद ठाकुरले जानकारी दिए। कोरोनाको दोश्रो लहर सुरु भए यता कोरोना संक्रमणका कारण वीरगन्जमा मृत्यु हुनेको संख्या ११ पुगेको छ।

वीरगन्जको नारायणी अस्पतालमा ८ जनाको, नारायणी बयोधा अस्पतालमा २ जनाको र गण्डक अस्पतालमा १ जनाको मृत्यु भएको हो। मृतक ११ जना मध्ये पर्साका ८ जना, बाराका २ र सर्लाहीका १ जना हुन्।

Author:



क्याटोगरी छान्‍नुहोस