आफ्नै साथीले चलाएको गोली लागेर युवकको मृत्यु

विराटनगर । मोरङको केराबारी गाउँपालिकामा शिकार खेल्न गएका आफ्नै साथीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । वडा नम्वर ३ का ३२ बर्षीय हस्त वहादुर राईको गोली लागेर मृत्यु भएको हो ।

गोली चलाएको आरोपमा पक्राउ परेका उनकै दुई जनालाई साथीलाई आइतवार प्रहरीले सार्वजनिक गरेपछि सो खुलासा भएको छ । पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षीय गजेन्द्र राई र २६ बर्षीय रुबिन लिम्बुसंग छन् ।

गत बुधवार (वैशाख ८ गते) तीनै जना बाँसघारी खोप सरकारी राष्ट्रिय बन जंगलमा शिकार खेल्न पुगेका थिए । सोही क्रममा राति ९ बजेतिर गजेन्द्रले चलाएको गोली लागेर हस्तबहादुरको मृत्यु भएको थियो ।

गत विहिवार (बैशाख ९ गते) दिउँसो गजेन्द्र र रुबिनले सो बारे प्रहरीलाई खबर गरेपछि ईलाका प्रहरी कार्यालय केराबारीको घटनास्थल पुगेर दुवै जनालाई १ थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।
पक्राउ परेका दुवै जनामाथि ज्यान सम्वन्धी कसूर र हातहतियार खरखजाना कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको एक नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस