राजविराजमा मास्क नलगाए १०० रुपैयाँ जरिवाना !

राजविराज, १२ वैशाख । कोरोना भाइरसको संक्रमण तथा रोकथाम कार्यमा कटिबद्ध भएर लागेका सप्तरी प्रहरीले मास्क नलगाइ हिडडुल गर्नेलाई कारवाही गर्न थालेको हो ।

मास्क नलगाई सार्वजनिक स्थलमा हिडडुल गर्नेलाई कारवाही स्वरुप एक सय रुपैयाँ जरिवाना काट्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

‘संक्रमणबाट जोगिन र अरुलाई पनि जोगाउन मास्कको प्रयोग अनिवार्य रहेको कुरा हामीले पटक पटक आग्रह गरे र गर्दै आएका छौं पनि’ उनले भने–‘केहीले सतर्कता अपनाइरहेका छन् पनि तर केहीको भने अटेरी कायमै रहेकाले बाध्य भएर जरिवाना काट्न थालिएको हो ।’

जसका लागि राजविराजका रुपनी रोड, गजेन्द्र चौक, कुनौली मोड लगायतका स्थानमा प्रहरी टोली खटाइएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए । उनले कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डको पालना गर्न सबैमा आग्रह समेत गरे ।

‘संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न तपाई सबैको सहयोग र साथ चाहिएको छ’ उनले भने–‘त्यसैले सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्ड अपनाएर आफु सुरक्षित रहनुस् र परिवारका अन्य सदस्यलाई पनि सुरक्षित राख्नुहोस् ।’ सप्तरीमा हाल १२ जना सक्रिय कोरोना संक्रमित छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780