सप्तरीमा एकै परिवारका ११ सहित १४ जनामा कोरोना संक्रमण पुष्टि

राजविराज, १२ वैशाख । सप्तरीमा एकै परिवारका ११ जनासहित आइतवार थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

डाक्नेश्वरी नगरपालिका–३ तरही हटैलका ७ महिला र ४ पुरुष गरी ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

यसैगरी राजविराज–९ की एक महिला, हनुमाननगर कंकालिनी नगरपालिका–४ का एक तथा विष्णुपुर गाउँपालिका–१ का एक पुरुषमा संक्रमण पुष्टि भएको छ । योसँगै सप्तरीमा सक्रिय संक्रमितको संख्या २६ जना पुगेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780