वीरगञ्‍जमा निजी तथा सामुदायिक विद्यालयस्तरीय सम्पूर्ण परीक्षा स्थगित

वीगञ्‍ज । वीरगञ्‍ज महानगरपालिकाले सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयस्तरीय परीक्षाहरु स्थगित गरेको छ । आइतबार महानगरपालिकाले विज्ञप्ति निकाल्‍दै  कक्षा ८को नगरस्तरीय लगायत विद्यालय स्तरीय सम्पूर्ण परीक्षाहरु  स्थगित गरेको हो ।

महानगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड-१९ संक्रमण दिन प्रतिदिन तीव्र रुपले बढ्‍दै गइरहेको अवस्थालाई मध्‍य नजर गर्दै मिति २०७८/०१/१२ देखि सञ्‍चालन भइरहेको आधारभूत तह कक्षा ८को नगरस्तरीय परीक्षा लगायत विद्यालय स्तरीय सम्पूर्ण परीक्षाहरु अर्को सूचना नभएसम्‍मका लागि स्थगित गरिउको व्‍यहोरा सबैमा जानकारीको लागि अनुरोध छ।’

Author:



क्याटोगरी छान्‍नुहोस