काेराेनाकाे दाेस्राे लहर : विराटनगरका विद्यालय बन्द, परीक्षा स्थगित

विराटनगर। विराटनगर महानगरपालिकाले बैशाख भर शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । कोरोना महामारीको दोस्रो लहर बढैसँगै महानगरपालिका भित्रका विद्यालयहरु बैशाखभर बन्द गर्ने निर्णय गरेको हो ।

महामारीकाे जाेखिम बढेकाले भाैतिक रूपमा लिइने कक्षा परीक्षा बैशाख मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय भएकाे विराटनगर महानगरपालिकाकाे शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिए ।

‘बैशाख मसान्तसम्म भाैतिक रूपमा लिइने कक्षा र परीक्षा स्थगित गर्ने निर्णय भएकाे छ,’ उनले भने, ‘बैशाख मसान्तपछि अवस्था हेरेर अर्काे निर्णय हुन्छ ।’

महानगर भित्रका विद्यालयले परीक्षाका लागि भन्दै एकसाता अघि बिदा दिएका थिए ।

निजी तथा संस्थागत विद्यालय अर्गनाइजेशन(प्याब्सन) विराटनगर अध्यक्ष इन्द्र राईका अनुसार आइतबारबाट विराटनगरका विद्यालयहरुमा परीक्षा सुरु भएको थियो । तर सङ्क्रमणको जोखिम बढेपछि साेमबारबाट परीक्षा बैशाखभर स्थगित गर्ने निर्णय भएको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस