बिरामीमा कोरोना पुष्टि भएपछि लहान अस्पतालको आकस्मिक कक्ष सिल

लहान । उपचारका लागि आकस्मिक कक्षमा भर्ना भएकी एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि लहान अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ। सप्तरी सुरुङ्गा नगरपालिका ३ की २८ वर्षीया महिलाको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको अस्पतालका इमरजेन्सी इन्चार्ज जगतप्रसाद महतोले जानकारी दिए ।

रुघाखोकी र ज्वरोले थलिएर बैशाख ११ गत्ते उपचारका लागि लहान अस्पताल आएपछि उनलाई आस्किमक कक्षमा भर्ना गरी उपचार सुरु गरिएको थियो। आइतबार एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि आरटि पिसिआर परीक्षण गरी थप उपचारका लागि जिल्ला अस्पताल सिरहा पठाइएको महतोले बताए। अहिलेसम्म उनको स्वासप्रश्वासलगायतका स्वास्थ्य जटिलता देखिएको छैन, उनले भने।

‘संक्रमितको महिलाको सम्पर्कमा आएका स्वास्थ्यकर्मीहरुको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ,’ महतोले भने,‘उपचारमा प्रत्यक्ष संलग्न एक जना स्वास्थ्यकर्मीलाई अस्पताल बाहिर आइसोलेट गरिएको छ। आक्सिमक कक्षलाई सिल गरीसकिएको छ। पाँचवटा बेड बाहिर राखेर आक्सिमक सेवा संचालन गरिएको छ।’

Author:



क्याटोगरी छान्‍नुहोस