img img img

सप्तरीमा मास्क नलगाउने ४३५ जना कारबाहीमा परे

राजविराज, १३ वैशाख । सप्तरीमा मास्क नलगाउने ४३५ जना कारबाहीमा परेका छन् । हिजो (आइतवार) देखि आजसम्म ४३५ जनालाई संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिएको हो ।

कोरोना भाइरस संक्रमण फैलिँदै जाँदा पनि मास्क नलगाएर सार्वजनिकस्थलमा हिँडडुल गर्नेलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उनकाअनुसार कारबाहीमा पर्नेमध्ये १२ जना महिला छन् । उनीहरुलाई संक्रामक रोग निवारण ऐन, २०२० अन्तर्गत कारबाही स्वरुप प्रतिव्यक्ति १ सय रुपैयाँको दरले जरिवाना तिर्न लगाइएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

जरिवाना वापत ४३ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको जनाएको छ ।

Author:

क्याटोगरी छान्‍नुहोस