img img img

सप्तरीमा आज पनि ९ जनामा काेराेना संक्रमण पुष्टि

राजविराज । सप्तरीमा आज (आईतबार ) मात्रै ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा १३ जनाको पिसिआर परीक्षण गर्दा ९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार राजविराज नगरपालिकाकै मात्रै ६ जनामा संक्रमण देखिएको हो । वडा नम्वर ८ का ५० वर्षीय, ५ का ३६ वर्षीय महिला ,५ का ४२ वर्षीय , ५ का ३६ वर्षीय महिला , १३ का ७० वर्षीय , ७ का २५ वर्षीय पुरुषमा संक्रमण देखिएको उनले जानकारी दिए ।

योसँगै तिलाठी कोइलाडी ४ का ७० वर्षीय पुरुष, हनुमाननगर कंकालिनी नगरपालिका १४ का ४० वर्षीय पुरुष, बोदेबरसाईन नगरपालिका ९ का ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

योसँगै सप्तरीमा १ हजार ९१५ पुगेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए । जसमध्ये १ हजार ७८२ जना निको भइसकेका छन् । हाल सप्तरीमा सक्रिय ८५ जना सक्रिय संक्रमित छन् । कोरोना भाइरस संक्रमणबाट हालसम्म सप्तरीमा ४३ जनाले ज्यान गुमाइसकेको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

Author:

क्याटोगरी छान्‍नुहोस