कोभिड–१९ रोकथाम गर्न सरकारद्वारा ३१ जिल्लामा निषेधाज्ञा

जनकपुर, १९ वैशाख । सरकारले कोभिड–१९ संक्रमणलाई रोकथाम गर्न ३१ वटा जिल्लामा निषेधाज्ञा जारी गरेको छ । आइतबार गृह मन्त्रालयले आइतावर निषेध गरिएको जिल्लाहरुको विवरण सार्वजनिक २३ मा पूर्ण र ८ वटा जिल्लामा आंशिक निषेधाज्ञा गरिएको जनाएको छ ।

विवरण अनुसार बाँके सुर्खेत, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, सल्यान, सुनसरी, जाजरकोट, रुपन्देहीमा पूर्ण निषेधाज्ञा जारी भएको छ । यसैगरी रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्यूठान, उदयपुर र बझाङमा पनि पूर्ण निषेधाज्ञा जारी भएको गृह मन्त्रालयले जनाएको छ ।

बागलुङ नगरपालिकाका–१२, १३ र १४ मा, बर्दियाका गुलरिया नगरपालिका–५ र ६ को सम्पूर्ण क्षेत्रमा निषेज्ञाधा गरिएको छ भने बाँसगढी नगरपालिकाको बाँसगढी बजार, बारबर्दिया नगरपालिको जयनगर र कतर्निया बजार, मधुवनको लाली बजार, ओराली बजार, राजपुरको राजापुर र मानपुर टपरा बजार, बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखरी र शीतला बजारका साथै गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञा गरिएको छ ।

यसैगरी दार्चुलामा वैशाख १६ गतेदेखि मार्मा गाउपालिका र व्यास गाउपालिका–६ शैल्यशिखर नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा गरिएको जारी विवारणमा उल्लेख छ । वैशाख १९ गते आज बिहान ६ बजेदेखि लागू हुने गरी महाकारी नगरपालिमामा वैशाख २५ गते बेलुका ६ बजेसम्मका लागि निषेधाज्ञा गरिएको छ ।

मोरङ, काभ्रेपलाञ्चोक र मकवानपुरका केही क्षेत्रमा निषेधाज्ञा गरिएको छ भने बाजुराको हिमाली गाउँपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी भएको गृह मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780