सिरहामा कोरोनाबाट थप एक महिलाको मृत्यु

जनकपुरधाम । सिरहामा कोरोना भाइरसको संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । मिर्चैया नगरपालिका-५ की ४५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि जनकपुरस्थित एक अस्पतालमा भर्ना गरिएको ५ घण्टापछि उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

मृत्युपछि पीसीआर जाँच गर्दा उनको रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । यससँगै कोरोनाको दोस्रो लहरमा जिल्लामा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस