सप्तरीमा कति छन् कोरोनाका सक्रिय संक्रमित ?

राजविराज, २५ वैशाख । सप्तरीमा अहिलेसम्म सक्रिय संक्रमितको संख्या झण्डै तीन सय पुगेको छ । पछिल्लो पटक शुक्रबार मात्रै २५ जना कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २८९ पुगेको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार सक्रिय संक्रमितमध्ये २७१ जना होम आइसोलेसनमा छन् भने १८ जनालाई उपचाररत गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको छ । सवैको अवस्था समान्य रहेको निमित्त प्रमुख यादवले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस