प्रदेश २ : कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

जनकपुरधाम । धनुषामा एक वडाध्यक्षको कोभिड-१९ संक्रमणका कारण मृत्यु भएको छ । मिथिला बिहारी नगरपालिकाका एक वडाध्यक्षको कोभिड-१९ संक्रमणका कारण मृत्यु भएको हो ।

नगरपालिकाका मेयर अनिलकुमार यादवका अनुसार करिब २ साताअघि बिरामी भएका वडाध्यक्षलाई अस्पतालमा उपचार पश्चात् सन्‍चो भएर घर फर्केका थिए । उनी पुनः बिरामी भएपछि उपचारकै क्रममा मृत्यु भएको हो ।

मेयर यादवकाअनुसार वडाध्यक्षलाई ज्वरो, रुघाखोकीसहितको लक्षण देखिएपछि गाउँमै औषधि सेवन गरी निको भएका थिए । तर निको भएको दुई दिनपछि उनी पुनः बिरामी परेपछि धनुषा अस्पतालमा भर्ना गरिएको थियो । त्‍यहाँ पनि निको भई घर फर्केका थिए । त्यसको तीन दिनपछि उनलाई श्वासप्रश्वासमा समस्या आउनथालेपछि उनको उपचार चन्द्रकला देवी अस्पतालको आईसीयू कक्षमा भर्ना गरेर उपचार गरिएको थियो ।

त्‍यहाँ पनि पीसीआर परीक्षण गर्दा बिहीबार संक्रमण पुष्टि भएको थियो । पुन: संक्रमण पुष्टि भएको २४ घण्टा नबित्दै उनको मृत्यु भएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस