संसद, संविधान र लोकतन्त्रको रक्षा गर्न जसरी पनि वैकल्पिक सरकार दिऔंः डा.भट्टराई

जनकपुरधाम, ७ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष डा. बाबुराम भट्टाराईले संसद, संविधान र लोकतन्त्रको रक्षा गर्न जसरी पनि वैकल्पिक सरकार दिनुपर्नेमा दिएका छन् ।

उनले आज ट्वीट गर्दै संसद, संविधान र लोकतन्त्रको रक्षा गर्ने प्रश्न अहंम भएको भन्दै जे गर्दा रक्षा हुन्छ त्यही गर्नुपर्ने धारणा राखेका छन् । सबैले आवश्यक त्याग र बलिदान गर्दै लौरो उभ्याएर भएपनि संविधानको धारा ७६(५) अनुसारको वैकल्पिक सरकार दिनुपर्नेमा जोड दिए ।

उनले बिपी कोईराला, पुष्पलालदेखि अहिलेको पुस्ताले लडेर ल्याएको संविधान र लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्ने पनि उल्लेख गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस