सरकार बनाएर प्रधानमन्त्री र महाअभियोग लगाएर राष्ट्रपतिलाई विदा गरौं : गगन

जनकपुरधाम । नेपाली काँग्र्रेसका युवा नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने र राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउनु पर्ने विचार व्यक्त गरेका छन् ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपति भण्डारीले सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई प्रधानमन्त्री पदमा दाबी गर्नका लागि शुक्रवार साँझ ५ बजेसम्मको समय दिएपछि उनले ट्वीट गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले विश्वासको मत लिन मन नलागे प्रधानमन्त्रीले राजिनामा गर्ने र राष्ट्रपतिले प्रक्रिया सुरु गर्ने भन्ने कुरा नेतागण र राष्ट्रपति र प्रधानमन्त्रीलाई थाहा हुँदाहुँदै पनि जानेर यस्तो बताए । अहिले सुझबुझ पुर्याएर राष्ट्रपतिले दिएको समय अगावै नयाँ सरकार बनाएर ओली र महाअभियोग लगाएर राष्ट्रपतिलाई विदा गर्नुपर्ने नेता थापाको भनाई छ ।

Author:



क्याटोगरी छान्‍नुहोस