आज सप्तरीमा ५९ जना कोरोना संक्रमित थपिए, बोदे बरसाईनका मात्रै २८ जना

राजविराज, ६ जेठ । सप्तरीमा आज (विहिबार) थप ५९ जनामा कोरोना संक्रमण देखिएको छ । गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको पिसिआर परिक्षणबाट ५५ जना र एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ४ पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

उनका अनुसार सबैभन्दा बढी बोदे बरसाईन नगरपालिकामा संक्रमित देखिएका छन् । वडा नम्वर–१ का ४ पुरुष र १ महिला, २ का २ पुरुष, ३ का १ पुरुष, ४ का ३ पुरुष, ५ का १० पुरुष, ६ का १ पुरुष, ७ का २ पुरुष, ८ का २ पुरुष, ९ की १ महिला र १ पुरुषमा संक्रमण देखिएको उनले बताए ।

यसैगरी राजगढ (वेल्ही चेपना) गाउँपालिका–३ का २ पुरुष, हनुमाननगर कंकालिनी नगरपालिका–२ का १ पुरुष र १ महिला, ८ का १ पुरुष, राजविराज नगरपालिका–५ की २ महिला र १ पुरुष, ६ की १ महिला, ८ का १ पुरुष, ९ का २ पुरुष, १४ का १ पुरुष, १६ का १ पुरुषमा संक्रमण देखिएको छ ।

कञ्चनरुप नगरपालिका–१ का १ पुरुष, २ का २ पुरुष, ४ का २ पुरुष, ८ की १ महिला, ९ का १ पुरुष, १२ का १ पुरुष, रुपनी गाउँपालिका–३ का १ पुरुष, शम्भुनाथ नगरपालिका–१२ का १ पुरुष, महादेवा गाउँपालिका–१ की १ महिला, २ का १ पुरुष तथा छिन्नमस्ता गाउँपालिका–१ की १ महिला, ४ का १ पुुरुषमा संक्रमण देखिएको निमित्त प्रमुख यादवले बताए ।

योसँगै सप्तरीमा संक्रमितको संख्या पहिलो लहरमा १ हजार ८३३ र दोस्रो लहरमा १ हजार २२७ गरी ३ हजार ६० पुगेको छ । जसमध्ये दोस्रो लहरका ८६ जना निको भएका छन् भने हाल १ हजार ९१ जना सक्रिया संक्रमित छन् । हाल कोरोना संक्रमणबाट ८१ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस