प्रधानमन्त्रीलाई देउवाको १५ बुँदे ध्यानाकर्षण पत्र, कोरोना नियन्त्रणमा गम्भीर भएर काम गर्न माग

जनकपुरधाम, ६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बढ्दो कोभिड–१९ संक्रमणलाई नियन्त्रण गर्न गम्भीर भएर काम गर्न माग गर्दै सरकारलाई ध्यानाकर्षण गराएका छन् । उनले आज प्रधानमन्त्री केपी ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न तत्काल सबैलाई खोपको व्यवस्था गर्न, स्वास्थ्य सामग्री खरिदमा देखिएका अनियमितता छानविन गर्न, अस्पतालहरूमा शय्यादेखि अक्सिजन अभाव हुँदसम्म राज्यले उचित व्यवस्थापन मिलाउन नसकेको भन्दै सबैको उपचार गर्ने प्रबन्ध गर्न, नाकाहरूमा पिसिआरको अनिवार्य व्यवस्था गर्न, निम्न आय भएकाहरूलाई राहत उपलब्ध गराउन ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस