सप्तरीमा थप एक पुरुषको कोरोनाबाट मृत्यु

राजविराज, ६ जेठ । सप्तरीमा कोरोना भाइरसको संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–३ का ५५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

उनका अनुुसार गत शनिवार उनमा संक्रमण पुष्टि भएपछि उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा आज उनको मृत्यु भएको निमित्त प्रमुख यादवले बताए । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१ पुगेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस