वीरगन्जकी ९१ वर्षीया उपमेयर कार्की डिस्चार्ज

जनकपुरधाम । पर्साको वीरगन्ज महानगरपालिकाकी उपमेयर ९१ वर्षीया शान्ति कार्की कोराना संक्रमणमुक्त भएकी छन् । उनी संक्रमणपछि अस्पताल भर्ना भएको करिब दुई सातापछि संक्रमण मुक्त भएकी हुन् ।

उनको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि आज बिहान डिस्चार्ज गरिएको महानगरका मेयर विजयकुमार सरावगीले बताए ।

उपमेयर कार्कीलाई आइसोलेसन बस्दा धेरै समस्या देखिएको थिएन भने अक्सिजनको पनि आवश्यक नपरेको मेयर सरावगीले बताए । उपमेयर कार्कीको आफ्नै घर छैन । अविवाहित कार्की आफन्तहरूको घरमा बस्ने गरेकी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस