प्रतिनिधिसभा विघटन विरुद्ध राजविराजमा आज पनि प्रदर्शन

राजविराज, १० जेठ । जनता समाजवादी पार्टी नेपालको भातृसंगठन राष्ट्रिय युवा संघले प्रतिनिधिसभा विघटन विरुद्ध आज राजविराजमा प्रदर्शन गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले असंवैधानिक कदम उठाएको भन्दै उनीहरुले नारा जुलुससहित प्रदर्शन गरेका हुन् ।

शिवमन्दिर प्राङ्गणबाट निकालिएको जुलुसले बजारमा प्रदर्शन गर्दै नेता चौकमा पुगेर राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर जलाएको छ । उनीहरुले संसद पुर्नर स्थापना नभए थप सशक्त आन्दोलनमा जाने चेतावनी समेत दिए ।

यसअघि प्रतिनिधिसभा विघटन विरुद्ध नेकपा माओवादी केन्द्रआवद्ध नेताहरुले पनि राजविराजमा प्रदर्शन गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस