गोर्खा सिमेट्रिज ट्रष्टद्वारा प्रदेश सरकारलाई भेन्टिलेटर सहयोग

जनकपुरधाम, ३१ जेठ । प्रदेश २ सरकारलाई एक ट्रष्टले छ थान पोर्टेबल भेन्टिलेटर सहयोग गरेको छ ।
कोभिड–१९ का विरामीलाई उपचारको लागि गोर्खा सिमेट्रिज ट्रष्टले पोर्टेबल भेन्टिलेटर सहयोग गरेको हो ।

प्रथम र दोस्रो विश्व युद्धमा सहभागी भएका गोर्खाली सेनाहरुको समझनामा स्थापना भएको सो ट्रष्टबाट भेन्टिलेटर उपलब्ध भएको छ । ट्रष्टका प्रतिनिधिले आज मुख्यमन्त्री लालबाबु राउतलाई सो भेन्टिलेटर हस्तान्तरण गरेका छन् ।

सो भेन्टिलेटर नारायणी उपक्षेत्रीय अस्पताल विरगञ्ज र प्रादेशिक अस्पताल जनकपुरलाई ३–३ थान उपलब्ध गराइने जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस