सुनसरीमा पानीमा डुबेर दुई बालिकाको मृत्यु

सुनसरी । सुनसरीको छुट्टा–छुट्टै दुई स्थानमा पानीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ । ईनरुवा नगरपालिका–७ का प्रदिप दनुवारकी २ वर्षीया छोरी प्रशंसा दनुवार र बराहक्षेत्र नगरपालिका–५ ठिकीका भारत अधिकारीका १८ महिनाकी छोरी आश्मा अधिकारीको पानीमा डुबेर मृत्यु भएको हो ।

दनुवारको हिजो (आइतवार) बेलुका खेल्ने क्रममा घर अगाडी रहेको नहरमा डुबेर मृत्यु भएको छ । नहरमा डुबेर चिकिस्त भएकी बालिकाको उपचारको लागि विराट मेडिकल कलेज टंकी मोरङ पुर्याउदा मृत्यु भईसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसैगरी अधिकारीको पनि हिजै आफुनै घर छेउमा खेल्ने क्रममा बाल्टिनको पानीमा डुबेर बेहोस भएकी थिइन । बालिकालाई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस