प्रहरी नायब निरीक्षक सिंहलाई सम्मान

उमेश कुमार साह
बोदे बरसाईन । सप्तरीको ईलाका प्रहरी कार्यालय बोदे बरसाईनका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक अरुण कुमार सिंहलाई सम्मानसहित विदाई गरिएको छ । छ महिनाअघि ईलाकामा आएका सिंहले शान्ति सुरक्षाको क्षेत्रमा प्रतिवद्ध भएर उल्लखनिय कार्य गरेको भन्दै स्थानीयहरुलाई उनलाई सम्मन गरेका हुन् ।

प्रहरी नायव निरीक्षक सिंहको ईलाका प्रहरी कार्यालय कंचनपुर सरुवा भएको हो । सोही कार्यक्रममा नव आगन्तुक प्रहरी नायब निरीक्षक जय प्रकाश महतोलाई स्वागत गरिएको छ ।

सो कार्यक्रममा बोदे बर्साईन नगर व्यपार संघका सचिव अनिल प्रसाद सिंह, सदस्य आशिष अग्रवाल, सशस्त्र वेश क्याम्प बोदे बरसाईनका प्रमुख प्रहरी निरीक्षक उत्सव विष्ट, व्यवसायी आशुतोष यादव, दिनेश यादव, स्थानीय युवा नेता पप्पु यादव लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस