सप्तरीमा कति छन् कोरोनाका सक्रिय संक्रमित ?

राजविराज, ३१ जेठ । सप्तरीमा अहिलेसम्म ३ हजार ४९ जना कोरोना संक्रमित भएका छन् । पहिलो लहर (गत चैत ३१ गतेसम्म) मा १ हजार ८३३ जना र दोस्रो लहर (वैशाख ३ गतेपछि) २ हजार ११७ जना संक्रमित भएको स्वास्थ्य कार्यालय सप्तरीको तथ्यांकमा छ ।

संक्रमितमध्ये अहिले ३ हजार २५५ जना निको भइसकेका छन् भने संक्रमणबाट हालसम्म १४६ जनाको मृत्यु भइसकेको छ ।

हाल ५४९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस